जुम्लामा धुवाँले निसास्सिएर ११ दिनको सुत्केरीसहित दुईजनाको मृत्यु

  • २०८१ श्रावण ८, मंगलबार (३ महिना अघि)
  • ११० पटक पढिएको
जुम्लामा धुवाँले निसास्सिएर ११ दिनको सुत्केरीसहित दुईजनाको मृत्यु

काठमाडौं– जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।

Advertisement

मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीका अनुसार बच्चालाई सेक्नका लागि घरमा बालिरहेको आगोको धुवाँले निसास्सिएर घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार दिदीको सोमबार र बहिनीको मंगलबार बिहान मृत्यु भएको हो । यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट