सेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

  • २०८१ श्रावण ८, मंगलबार (२ महिना अघि)
  • १८३ पटक पढिएको
सेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौं– सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ ।

Advertisement

नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ साल चैत १७ गते झन्डै २४ अङ्कले घटेर दुई हजार पाँच सय ४४ विन्दुमा झरेको नेप्से परिसूचक त्यसयता ओरालो लाग्दै आएको थियो ।

आज सबै समूहको सेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको सेयर भने झन्डै ६ प्रतिशतले घटेको छ ।

आज तीन सय १७ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट