मदन पुरस्कारका लागि पाँच कृति छनोट

  • २०८१ श्रावण ८, मंगलबार (२ महिना अघि)
  • ४३९ पटक पढिएको
मदन पुरस्कारका लागि पाँच कृति छनोट

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ ।

Advertisement

गुठीले मंगलबार ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकहरुमध्येबाट पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।

उत्कृष्ट पाँच पुस्तकहरुमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चाम्लिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ रहेका छन् । छनोट भएका पाँचमध्ये उत्कृष्ट एक कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट