यी प्रदेशमा आजदेखि ठूलो पानी पर्ने सम्भावना

  • २०८१ श्रावण ९, बुधबार (३ महिना अघि)
  • १०७ पटक पढिएको
यी प्रदेशमा आजदेखि ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ ।

Advertisement

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक÷दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि बिहानदेखि पर्सि बिहानसम्म ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक÷दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति ठूलो पानी पर्न सक्ने अनुमान गरिएको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट