काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जहाजमा रहेका १८ जनाको मृत्यु भएको हो । दुर्घटनास्थलबाट प्रहरीले एक जनाको उद्धार गरेको छ ।
सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार जहाज मर्मतको लागि पोखरातर्फ उडान गरिएको थियो ।
जहाजमा सबै सौर्यकै कर्मचारीहरू रहेको प्रहरीको भनाइ छ । उक्त जहाजमा १९ जना थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप