काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
आज बिहान ११ः११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन–एएमई÷सिआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनीष शाक्यको भने उद्धार गरेर अस्पतालमा उपचार गरिएको छ । ज्यान गुमाउनेमध्ये एकै परिवारका तीन जना रहेको खुलेको हो ।
एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो। प्रिजा ऊर्जा मन्त्रालयमा काम गर्थिन् ।
जहाजमा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी भने पनि केही परिवारका सदस्य पनि रहेको खुलेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप