लगातार बढेको सेयर बजार आज घट्यो, कारोबार रकम भने तीन वर्षयताकै उच्च

  • २०८१ श्रावण ९, बुधबार (१ महिना अघि)
  • ९० पटक पढिएको
लगातार बढेको सेयर बजार आज घट्यो, कारोबार रकम भने तीन वर्षयताकै उच्च

काठमाडौं– लगातार बढेको सेयर बजार आज भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ विन्दुमा झरेको छ ।

Advertisement

आज फाइनान्स र होटल बाहेक सबै समूहको सेयर घटेकोमा व्यापार, उत्पादन, माइक्रोफाइनान्स, जलविद्युत् समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज चिर्ख्वा हाइड्रोपावर कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (तराई) र एशियन हाइड्रोपावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै तीन वटा कम्पनीका सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सेयर बजार घटे पनि कारोबार रकम भने तीन वर्षयताकै उच्च भएको छ । आज तीन सय ११ वटा कम्पनीका चार करोड सात लाख कित्ता सेयर १६ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट