एकैदिन तोलामा २४ सय रूपैयाँ घट्यो सुनको भाउ

  • २०८१ श्रावण १०, बिहिबार (१ महिना अघि)
  • ८२ पटक पढिएको
एकैदिन तोलामा २४ सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं– आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट