काठमाडौं– उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित घिजहरी खोलाबाट आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यता झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दीप तुम्बाम्फोको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापाको कचनकवल गाउँपालिका–४ केचना बस्ने ललन साहको छोरा १५ वर्षीय विशाल साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप