सौर्य एअरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुको शव शुक्रबारसम्म आफन्तलाई बुझाइन्छ: स्वास्थ्यमन्त्री

  • २०८१ श्रावण १०, बिहिबार (१ महिना अघि)
  • ४४ पटक पढिएको
सौर्य एअरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुको शव शुक्रबारसम्म आफन्तलाई बुझाइन्छ: स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउने बताएका छन् ।

Advertisement

विमान दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका मन्त्री पौडेलले अहिले मृतकहरूको फिङ्गर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र हिजो नै चार वटा शवको पहिचान भइसकेको बताए । उनले शवको पहिचान भए पनि म्याचिङ गर्न बाँकी रहेको बताए ।

मन्त्री पौडेलले आज बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको जानकारी गराए । पहिचान हुन नसकेको शवहरूको भने डीएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने उनको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट