ललितपुरमा थप २ जनामा हैजा पुष्टि

  • २०८१ श्रावण १०, बिहिबार (१ महिना अघि)
  • ६७ पटक पढिएको
ललितपुरमा थप २ जनामा हैजा पुष्टि

काठमाडौं– ललितपुरमा थप २ जनामा हैजा सक्रमण पुष्टि भएको छ ।

Advertisement

टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो ।

उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए । तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए ।

अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए । यो सँगै हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट