काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको ज्यान गएको छ ।
गोकुलगंगा गाउँपालिका– ६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको हो ।
दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका– ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप