कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधन

  • २०८१ श्रावण ११, शुक्रबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ । मेयर नकर्मीको लामो समयदेखि अस्पतालमा नियमित मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।

नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट