‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गीतका गायक जोशीको निधन

  • २०८१ श्रावण ११, शुक्रबार (१ महिना अघि)
  • ८५ पटक पढिएको
‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गीतका गायक जोशीको निधन

काठमाडौं– लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

बिहीवार झापाको विर्तामोडस्थित घरमा बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए ।

दमकस्थित घरबाट अस्पाल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ गीतसमेत चर्चित छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट