ग्वार्कोको गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु

  • २०८१ श्रावण ११, शुक्रबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
ग्वार्कोको गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु

काठमाडौं– ललितपुर महानगरपालिका–७ ग्वार्को स्थित गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु भएको छ ।

Advertisement

सनलाइट गेस्ट हाउसमा बसेकी युवती अचेत भएपछि बि एण्ड बि अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

ती युवती डुकुछाप घर भएर सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकसँग गएराति गेस्ट हाउसमा आएकी थिइन् । बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बि एण्ड बी अस्पतालमा लगेका थिए ।

उपचारको क्रममा शुक्रवार बिहान ७ बजे उनको मृत्यु भएको हो । युवकले पनि आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट