जाजरकोटको छेडागाडमा घर भत्किँदा एकै परिवारका ८ जना घाइते

  • २०८१ श्रावण ११, शुक्रबार (१ महिना अघि)
  • ६८ पटक पढिएको
जाजरकोटको छेडागाडमा घर भत्किँदा एकै परिवारका  ८ जना घाइते

|file photo

काठमाडौं – जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् ।

Advertisement

घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

ढुङ्गामाटोले बनेको एकतले घर आज बिहान भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका छन् ।

त्यस्तै पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने सङ्गीता र नवराज सामान्य घाइते भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट