भारतमा ५ महिनादेखि बन्धक बनाइएका नेपालका २८ मजदुरको उद्धार

  • २०८१ श्रावण ११, शुक्रबार (२ महिना अघि)
  • ११७ पटक पढिएको
भारतमा ५ महिनादेखि बन्धक बनाइएका नेपालका २८ मजदुरको उद्धार

काठमाडौं– बिचौलियामार्फत रोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर पुगेका धनुषा र सिरहाका २८ मजदुरको बन्धक बनाइएको अवस्थामा उद्धार गरिएको छ ।

Advertisement

सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए ।

सीडीओ भुसालका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको थियो । उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।

आज जनकपुरमा परिवार मिलन कार्यक्रम गरी जिम्मा लगाइएको छ । उनीहरु ५ महिनादेखि पारिवारिक सम्पर्कमा थिएनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट