रोटरी क्लव अफ धादिङद्धारा प्रकाश मावि परिसरमा वृक्षारोपण

  • २०८१ श्रावण १२, शनिबार (३ महिना अघि)
  • २०१ पटक पढिएको
रोटरी क्लव अफ धादिङद्धारा प्रकाश मावि परिसरमा वृक्षारोपण

धादिङ– रोटरी क्लव अफ धादिङले धादिङको नीलकण्ठ –१ काउलेस्थित प्रकाश माध्यामिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । विद्यालय परिसरमा खाली रहेको ठाउँहरुमा रोटरी क्लव अफ धादिङले विभिन्न जातका विरुवा रोपेको हो ।

Advertisement

रोटरी क्लवअफ धादिङका अध्यक्ष सुदिप रसाईली, पूर्व अध्यक्षहरु अशोक कुमार बस्नेत, नविन कुमार श्रेष्ठ, कृष्णलाल उप्रेती, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ, प्रेसिडेन्ट नोमिनी ईश्वर कडेल तथा सर्भिस प्रोजेक्ट चेयरका प्रकाश भण्डारी लगायतको टोली प्रकाश माध्यामिक विद्यालय पुगेर विद्यालय परिसरमा तेजपत्ता कपुर धुपी लगायतका विरुवा वृक्षारोपण गरेका हुन् । वृक्षारोपण गर्दै अध्यक्ष रसाइलीले सामाजिक कार्य गर्न पाउँदा खुषी लागेका बताए ।

सामाजिक कार्य र समाज रुपान्तरणको क्षेत्रमा क्लवले काम गर्दै आएको सर्भिस प्रोजेक्ट चेयरका प्रकाश भण्डारीले बताए । ‘विद्यालय वरपर सुन्दर हुने र बालबालिकामा पनि सकरात्मक प्रभाव पर्ने हुनाले विद्यालय परिसरमा वृक्षारोपण गरेका हौं’ उनले भने । रोटरी क्लव अफ धादिङले उपलब्ध गराएको विरुवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजलाल तामाङ, प्रधानाध्यापक शंकर अधिकारी, जनप्रतिनिधि, रोटरियनहरु लगायत विद्यालयका शिक्षक विद्यार्थी अभिभावकहरुको सहभागितामा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा रोटा वर्ष २०२४/२५ का एसिष्टेण्ट गभर्नर(AG) समेत रहेको अशोक बस्नेतले रोटरी कम्युनिटी क्लवको बारेमा जानकारी गराएका थिए । रोटरी कम्युनिटी क्लवमा रोटरी क्लवले कुनै गाउँ वा टोलमा निरन्तर विभिन्न कार्यक्रम गरेर नागरिकलाई आत्मनिर्भर बनाउन सहयोग गर्दछ । रोटरी क्लवसँग जोडिएर सामुहिक लाभहरु लिन सकिने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट