तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एकजना बेपत्ता

  • २०८१ श्रावण १२, शनिबार (१ महिना अघि)
  • ५९ पटक पढिएको
तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एकजना बेपत्ता

|File photo

काठमाडौं– बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती दुई बालक नदीमा पौडी खेल्ने क्रममा हिजो बगेका थिए ।

Advertisement

तीमध्ये बाग्लुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आफ्नी आमासँग सानी आमाको घरमा बुटवल आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उनीहरु दिदी बहिनीका छोरा हुन् । पौडी खेल्न तीन जनासँगै गएका र दुई जनालाई नदीले बगाएको देखेपछि अर्का बालकले आफन्तलाई खबर गरेका थिए । नदीमा हराएका बिप्रन पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट