सहकारीले बचत गर्ने बानीको विकास गरेको छः नगर उप–प्रमुख विश्वकर्मा

  • २०८१ श्रावण १२, शनिबार (२ महिना अघि)
  • १३२ पटक पढिएको
सहकारीले बचत गर्ने बानीको विकास गरेको छः नगर उप–प्रमुख विश्वकर्मा

धादिङ– सहकारी संस्थाले नागरिकमा बचत गर्ने बानीको विकास गरेको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले बताए । आम्दानी भन्दा पनि खर्च कटौति गरि बचाएको बचतले ठूलो महत्व राख्ने र सहकारीले खेलेको भूमिका उल्लेखनिय रहेको बताएका हुन् ।

Advertisement

आजको समयमा कमाएर मात्र हुदैन । कति कमाइ भयो भन्ने भन्दा पनि कति बचत भयो भन्ने कुराले बढी महत्व राख्ने भन्दै सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । धादिङ सञ्चार सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहको सम्बोधन गर्दै नगर उप प्रमुख विश्वकर्माले यस्तो बताएका हुन् ।

सहकारीप्रतिको विश्वसनियता बढाउदै सहकारीलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापन गर्न चुनौति रहेको पनि उनले बताए । ‘सहकारीको क्षेत्रमा रहेका समस्या तथा चुनौतिका विचमा पनि पत्रकारहरु एकत्रित बनेर सहकारीलाई अब्बल बनाउन पहल गरिरहेको छ । पत्रकारहरु यसरी संगठित भएर सहकारीमा लाग्नुले सहकारीप्रति नागरिकको विश्वसनियता पनि बढेको छ । धादिङ सञ्चार सहकारी संस्था लिमिटेड पत्रकारहरु मात्र रहेको सहकारी भएकोले अन्य सहकारी भन्दा उदाहरणीय बनाउनु पर्छ । यसले पत्रकारहरुका हक हित र भएको बेला बचत गर्ने र चाहिएको बखत ऋण लिन सक्ने हुदा पत्रकारहरुलाई एकत्रित पनि बनाएको छ ।’ उनले भने– ‘सहकारीलाई व्यवस्थित गर्न योजना बनाएर लाग्नुस् । नगरपालिकाका तपाई पत्रकारहरुसँग सहकार्य गर्न तयार छ ।’

कार्यक्रममा नेपाल सुचना तथा सचार केन्द्रिय सहकारी संघका लेखा समितिका संयोजक राजेन्द्र बस्नेतले सहकारीको महत्व दर्शाउदै सबै पत्रकारलाई शेयर सदस्यता लिन आग्रह गर्नु भयो । सहकारी भित्र रहेका समस्या र चुनौतिहरुको समाधानका लागि सबै मिलेर लाग्नु पर्ने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । थोरै जना शेयर सदस्य रहे पनि यसलाई प्रभावकारी तवरले सञ्चालन गर्न सके आवश्यकता पर्दा यस सहकारीबाट राम्रो सहयोग मिल्ने हुदा सबैलाई एकत्रित हुन निवर्तमान अध्यक्ष पोषनाथ अधिकारीले सबैलाई आग्रह गरे ।

११ औं साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न लक्ष्य लिएको छ । सहकारी संस्थाका शेयर सदस्य गम्भीर बिरामी (अप्रेसन) भएको अवस्थामा एक पटकको लागि पाँच हजार सहायत सहयोग प्रदान गर्ने, पत्रकारहरु मात्र भएकोले पत्रकार क्षमता अभिवृद्धि तालिम संचालन गर्ने, बचत र असल कारोबार गर्ने शेयर सदस्यहरुको प्रोत्साहनको लागि नियमित बचत र असल ऋणी १/१ जनालाई आगामी साधारण सभामा पुरस्कृत गर्ने, संस्थाका संचालक समिति र पदाधिकारीहरुको लागी क्षमता अभिवृद्धि तालिम संचालन गर्ने, सहकार्यमा सहकारी शिक्षा, तालिम, गोष्ठी सहकारी सम्मेलन गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

संस्थाका महासचिव अर्जुन श्रेष्ठको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, कोपाध्यक्ष रेख बहादुर गुरुङको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण संयोजक सन्तोषराज श्रेष्ठको लेखा सुपरिवेक्षण प्रतिवेन माथि छलफल गरि सुझासहित पास गरिएको छ । सहभागीहरुले सहकारी संस्था सम्बन्धि जिज्ञासा तथा सुझाव समेत दिएका छन् । सुझाव मनन् गर्दे उठेका जिज्ञासाको सस्थाका अध्यक्ष बद्री अधिकारीले सम्बोधन गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट