टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • २०८१ श्रावण १२, शनिबार (१ महिना अघि)
  • ४६ पटक पढिएको
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काभ्रेपलाञ्चोकमा मिनि टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

Advertisement

शुक्रबार राति काभ्रेको धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित अरनिको राजमार्ग सडकमा बनेपाबाट धुलिखेल जाँदै गरेको बा.प्र. ०१–००४ क ०१३० नम्बरको मिनि टिपरले पैदलयात्रीलाई ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठेगाना नखुलेका ६५ वर्षीय लालबहादुर तामाङ रहेका छन् । काभ्रे प्रहरीका अनुसार मृतकको गोजीमा भेटिएको स्वास्थ्य सेवा कार्डबाट उनको पहिचान खुलेको हो ।

टिपरचालक महाभारत गाउँपालिका–४ बस्ने ३१ वर्षीय पदम लामा जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट