पेरिस ओलम्पिकमा आज नेपालका प्रिन्स र स्यान्टुले खेल्दै

  • २०८१ श्रावण १२, शनिबार (२ महिना अघि)
  • ९९ पटक पढिएको
पेरिस ओलम्पिकमा आज नेपालका प्रिन्स र स्यान्टुले खेल्दै

काठमाडौं– पेरिक ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आज खेल्दैछन् ।

Advertisement

यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा आज बेलुका हुनेछ । प्रिन्सले समूह चरणमा भिक्टर एक्सल्सनसँग खेल्ने छन् । १९ वर्षका प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुन् ।

त्यस्तै टेबल टेनिसका स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन् । स्यान्टु छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्ने एक मात्र नेपाली खेलाडी हुन् । उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट