बागमती प्रदेश सरकारले पायो पूर्णता, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

  • २०८१ श्रावण १२, शनिबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
बागमती प्रदेश सरकारले पायो पूर्णता, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

काठमाडौं– बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसका तर्फबाट थप चार जना मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारकाले पूर्णता पाएको हो ।

Advertisement

यसअघि गत बुधबार मुख्यमन्त्री लामासँगै एमालेका ६ र कांग्रेसका तीन जना मन्त्रीले सपथ लिएका थिए । आज थप चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसकातर्फबाट श्यामबहादुर खड्का, हरिप्रभा खड्गी, मिनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका हुन् ।

उनीहरुले क्रमशः खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । १४ सदस्यीय बनेको मन्त्रिपरिषदमा बुधबार नै विना विभागीय मन्त्रीको जिम्मेवारी लिएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने भएको छ ।

यससँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ र मन्त्री १४ पुगेका छन् । मुख्यमन्त्रीसहित कांग्रेसबाट ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट