चितवन – चितवनमा ६४ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् । तीन सय जनाको परीक्षणका क्रममा ६४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गीको सङ्क्रमण बढेको छ ।
इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ४५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप