काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको कारबाही असंवैधानिक रहेको भन्दै डाक्टर मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आफूलाई महामन्त्रीबाट हटाउनेसहितका कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको ढकालको दाबी छ ।
रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएमा त्यसलाई कार्यान्वयन नगर्नसमेत ढकालले आयोगलाई आग्रह गरेका छन् । पार्टीको अनुशासन विपरीतको काम गरेको भन्दै रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।
यस्तै पार्टीले आफूलाई सफाइ पेश गर्ने मौकासमेत नदिएर गरेको कारबाही पूर्वाग्रही र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको ढकालको दाबी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप