काठमाडौंमा भेटिए तीन जना हैजाका बिरामी

  • २०८१ श्रावण १४, सोमबार (३ महिना अघि)
  • ११८ पटक पढिएको
काठमाडौंमा भेटिए तीन जना हैजाका बिरामी

काठमाडौं– काठमाडौंमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा.अर्जुन सापकोटाले जानकारी दिए ।

Advertisement

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका ७ जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा.सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए ।

डाक्टरकाअनुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानी, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गर्दछ । सङ्क्रमितको समयमै उपचार नभएमा ज्यान पनि जान सक्छ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ ।

यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट