काठमाडौं– हिजो एक सय तीन अङ्कले बढेको सेयर बजार आज घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै दुई हजार सात सय ३७ विन्दुमा पुगेको सेयर बजार दिनभरको उतारचढावबीच घटेको हो ।
आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज आरम्भ चौतारी लघुवित्त कम्पनीको सेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको सेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज बजार ओरालो लागे पनि कारोबार रकम भने ३५ महिनायताकै उच्च भएको छ । आज तीन सय २५ वटा कम्पनीका चार करोड ७७ लाख कित्ता सेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप