देशभर आगामी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना

  • २०८१ श्रावण १५, मंगलबार (३ महिना अघि)
  • ९५ पटक पढिएको
देशभर आगामी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै रुपन्देहीको तिलोत्तमामा १४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै दोलखाको लामाबजारमा १० दशमलव २ र रौतहटको चन्द्रपुरमा पनि १० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी बाराको निजगढमा ९ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

यस्तै ललितपुरका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । अबका तीन दिनसम्म नै देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिन विशेषगरी रातिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न ठाउँमा अति ठूलो वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट