एजेन्सी– भारतको केरला राज्यमा पहिरोमा परी १९ जनाको ज्यान गएको छ । अरू एक सयभन्दा बढी बेपत्ता भएका छन् ।
पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । वायनाड जिल्लाको मेपड्डीमा गएराति पटक–पटक पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ । उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् ।
मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप