कृषि क्षेत्रको संभावनाका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया

  • २०८१ श्रावण १६, बुधबार (३ महिना अघि)
  • १४३ पटक पढिएको
कृषि क्षेत्रको संभावनाका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया

धादिङ– नेपालमा कृषि क्षेत्रको संभावनाका विषयमा धादिङमा छलफल गरिएको छ । लामो समय कृषि क्षेत्रमा अनुभव लिएका डा. गोपीलाल न्यौपाने, कृषि विकास कार्यालय धादिङ र पत्रकारविच कृषि क्षेत्रलाई सुधार गरी आत्मनिर्भर बन्ने उपायको खोजीका विषयमा छलफल गरिएको हो ।

Advertisement

किसान स्कुलको अवधारणा अघि सारेर कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्नु पर्ने डा. गोपीलाल न्यौपानेले बताए । ‘किसानको संख्यालाई कमी गर्नु पर्छ । तर उत्पादनलाई जोड दिनु पर्छ । नेपालमा त अनुदान दिने गरिन्छ । वास्तविक किसान भन्दा टाठाबाठाले अनुदान लिन्छन्’ उनले भने– ‘किसान स्कुल सञ्चालन गरि प्रविधिसँग जोड्नु पर्छ । किसान र किसानले पालेका पशुपंक्षी तथा बालीनालीको विमा गरिनु पर्छ । अनि बजारको सुनिश्चित भए मात्रै देश कृषि क्षेत्रमा आत्मनिर्भर हुन्छ ।’

‘जसको जग्गा छ, उसले खेती गर्दैन । ६० लाख मानिसको जग्गाबिहिन नै छैन’ उनले भने– ‘उत्पादित बस्तुको बजार छैन । अन्तराष्ट्रिय बजारसम्म पहुँच छैन । बहुमुल्य पशु तथा कृषिजन्य उत्पादन गर्न कानुनी रुपमा किसानलाई सहज छैन । त्यसैले मसिनो रुपमा अध्ययन गरी योजना बनाए मात्रै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिन्छ ।’

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतका पत्रकारहरुले कृषि क्षेत्रको समस्या तथा विषयमा धारणा राखेका थिए । कृषि तथा पशुपालन क्षेत्रलाई पवद्र्धन, विषादीको बढ्दो प्रयोग, विचौलियाको हालिमुहाली, कृषिजन्य उत्पादनको उचित मूल्य र बजारीकरण नहुदा किसानले पाएका सास्ति, सिमित मानिसको हातमा अनुदान पुग्नु जस्ता विषयमा धादिङका पत्रकारले सवाल उठाउदै आएका छन् ।

कृषि क्षेत्रको विकासका लागि नितिगत रुपमा नै सुधार गर्नुपर्ने कृषि विकास कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख बाली संरक्षण अधिकृत जयराम अधिकारीले बताए । ‘अहिले विज्ञता र कामको उचित मूल्याङ्न समेत भएको छैन । अनि प्रतिफल हामी कृषि क्षेत्रमा लामै फड्को खोज्छौं’ उनले भने– ‘उद्देश्य अनुसारको काम र सोही अनुसारको वजेट भए मात्रै उपलब्धि हासिल हुन्छ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट