टीआरसी विधेयकमा दलहरुबीच जुट्यो सहमति

  • २०८१ श्रावण १७, बिहिबार (३ महिना अघि)
  • ११० पटक पढिएको
टीआरसी विधेयकमा दलहरुबीच जुट्यो सहमति

काठमाडौं– संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ । बिहान सिंहदरबारमा बसेको संयन्त्रको बैठकमा टुङ्गिन बाँकी सबै विषयहरूमा सहमति जुटेको हो ।

Advertisement

अब शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाइने संयन्त्रका सदस्यसमेत रहेका एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार पीडितको माग सम्बोधन हुने गरी सहमति भएको छ ।

गम्भीर मानव उल्लङ्घनको विषयमा नियतवस वा स्वेच्छाकारी हुने भन्ने उल्लेख भएको छ । यस्तै २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने गरी पीडितलाई केन्द्रमा राखेर अघि बढ्ने सहमति भएको उनले बताए । त्यस्तै मिलापत्र वा क्षमादानका लागि पीडितको सहमति अनिवार्य रहने भन्ने विषयमा पनि सहमति जुटेको छ ।

यस्तै द्वन्द्वमा संलग्न हुँदा मारिएका सुरक्षाकर्मीलाई पीडितकै दर्जा दिइने र बहिर्गमित लडाकुलाई पनि द्वन्द्व प्रभावितका रूपमा परिपुरण गर्ने सहमति भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट