काठमाडौं– कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका–२ कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए ।
खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरेर उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ ।
स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप