जुलाई महिनामा गतवर्षको भन्दा ७ हजार बढी पर्यटक नेपाल आए

  • २०८१ श्रावण १७, बिहिबार (३ महिना अघि)
  • ९८ पटक पढिएको
जुलाई महिनामा गतवर्षको भन्दा ७ हजार बढी पर्यटक नेपाल आए

काठमाडौं–जुलाई महिनामा ६४ हजार ५ सय जना पर्यटक नेपाल आएका छन् । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका हुन् ।

Advertisement

नेपाल पर्यटन बोर्डका अनुसार ६४ हजार ५ सय ९९ जना पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २१ हजार ४ सय ९१ जना पर्यटक आएका छन् ।

जसमा अमेरिकाबाट ७ हजार ८ सय ६४ जना, चीनबाट ६ हजार ८ सय १९ जना, बेलायतबाट ३ हजार ८ सय ६ जना, बङ्गलादेशबाट ३ हजार ८ सय ७० जना, अस्ट्रेलियाबाट १ हजार ९ सय जना, दक्षिण कोरियाबाट १ हजार ५ सय ३७ जना, भुटानबाट १ हजार २ सय ७ जना, मलेसियाबाट १ हजार १ सय २५ जना र जापानबाट १ हजार १ सय १४ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

गएको वर्षको जुलाईमा ५७ हजार ७ सय २६ जना पर्यटक नेपालमा आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को जुलाईमा झन्डै ७१ हजार जना पर्यटक भित्रिएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट