काठमाडौं– हिजो ६४ अङ्कभन्दा धेरैले बढेको सेयर बजार आज भने सामान्य घटेको छ ।
दिनभर उतारचढाव भएको सेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा दुई हजार आठ सय पाँच विन्दुमा पुगेको थियो । तर बन्द हुने बेलामा नेप्से पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।
आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १३ लाख कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप