काठमाडौं– सरकारले पर्सि आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले विज्ञप्ति निकालेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
उक्त दिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने परम्परा छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप