काठमाडौं– आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा मुसलधारे बर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप