रामेछापकी शान्तिमायाले पाइन् ७६ वर्षमा नागरिकता

  • २०८१ श्रावण १९, शनिबार (३ महिना अघि)
  • ७७ पटक पढिएको
रामेछापकी शान्तिमायाले पाइन् ७६ वर्षमा नागरिकता

काठमाडौं– रामेछापको उमाकुण्ड गाउँपालिका– ७ की शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । प्रमाणपत्र प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।

Advertisement

सनाखत बसिदिने आफन्त कोही नहुँदा उनले नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन् । नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका हुन् ।

यस अघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भएपनि तत्कालीन प्रमुख जिल्ला अधिकारीले नमानेका वडाध्यक्ष नेवारले बताए । यस पटक प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बृद्धा महिलाको बारेमा सबै कुरा सुनेपछि व्यहोरा खुलाएर वडाअध्यक्षलाई सनाखत गराई नागरिकता उपलब्ध गराएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट