महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई हरायो

  • २०८१ श्रावण १९, शनिबार (३ महिना अघि)
  • ३९० पटक पढिएको
महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई हरायो

काठमाडौं– महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाडौंमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

Advertisement

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन ग¥यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

आजको जीतसँगै नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट