मर्दी हिमाल आधार शिविरमा मानव कङ्काल फेला

  • २०८१ श्रावण २०, आईतबार (३ महिना अघि)
  • १०५ पटक पढिएको
मर्दी हिमाल आधार शिविरमा मानव कङ्काल फेला

काठमाडौं– कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल आधार शिविरमा मानव अवशेष भेटिएको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले मानव कङ्काल भेटिएको जानकारी दिएका बताए । उनका अनुसार मानिसको हाड, टाउजर र आइफोन मोबाइल पनि फेला परेको छ ।

Advertisement

भेंडा र चौंरी चराउँदै गएकाहरुले अस्ति शुक्रवार मानिसको दुई वटा हाड भेटिएका हुन् । बर्खा लागेपछि माछापुच्छ्रे गाउँपालिकाको हिमाली क्षेत्रका मानिस भेंडाबाख्रा र चौंरी चराउँदै लेकतिर जाने गर्छन् । भेटिएको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मर्दी हिमालको बेसक्याम्पसम्म सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल गएको वर्ष पुस १४ गते हराएका थिए । हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको चार हजार पाँच सय मिटर हाराहारीमै रहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट