साढे ८ किलो गाँजासहित एकजना महिला पक्राउ

  • २०८१ श्रावण २०, आईतबार (३ महिना अघि)
  • ९२ पटक पढिएको
साढे ८ किलो गाँजासहित एकजना महिला पक्राउ

काठमाडौं– बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् ।

Advertisement

आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका–१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो । शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट