एजेन्सी– भारतको मध्य प्रदेशको सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण पर्खाल भत्किएर सो यो दुर्घटना भएको बताइएको छ ।
घटना आज बिहान साढे आठ बजे भएको बताइएको छ । घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोलीले घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाएका थिए ।
घटनाको समयमा ती बालबालिकाहरू मन्दिर परिसरमा रहेको टेन्टमा खेलिरहेका थिए । दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । हालसम्म ९ बालबालिकाको मृत्यु भइसकेको छ ।
यस घटनामा घाइते भएका अन्य दुई बालबालिका सकुशल रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप