धादिङबेशी खाल्टे सडक एक सातादेखि अवरुद्ध

धादिङबेशी खाल्टे सडक एक सातादेखि अवरुद्ध

काठमाडौं– धादिङबेशी खाल्टे सडक विगत एक सातादेखि अवरुद्ध बनेको छ । वर्षातका कारण सडकमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक मर्मत नहुदा सवारी आवागमन ठप्प बनेको हो ।

Advertisement

धादिङको नीलकण्ठ नगरपालिका–१ हिलेखर्कमा सडक माथिबाट खसेको पहिरो नपन्छाउदा दैनिक गुड्ने ५÷६ वटा जीप लगायतका सवारी आवागमन ठप्प बनेको दिल बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार धादिङबेशी खाल्टे खडक खाल्टेको डाँडाबसाइ, गैरी बसाह, जमुने, फ्याक्से लगायत साविकको खाल्टे गाउँ विकास समितिका विभिन्न ठाउँलाई जिल्ला सदरमुकाम जोड्ने एक मात्र सडक हो ।

‘अहिले सवारी आवागमन ठप्प बनेपछि तीन घण्टा भन्दा बढी समय लगाएर मानिसहरु सदरमुकाम झर्ने गरेका छन् । सामाजिक सुरक्षा भत्ता, किनमेल लगायतका काम लिएर स्थानीयहरु ठूलो संख्यामा बजार झरिरहेका छन्’ उनले भने– ‘खाद्यान्न सामाग्री ढुवानी, कृषिजन्य उत्पादन बजार लैजान समस्या छ । सवारीले ढुवानी गर्ने सबै सामाग्री ओसारपसार गर्न समस्या भएको छ । कसैले चासो नदिदा हामी मारमा परेका हौं ।’

पहिरोका कारण अवरुद्ध बनेको सडक आज चार बजेसम्ममा खुल्ने वडा नम्बर १ का वडा अध्यक्ष गणेश गुरुङले बताए । ‘हामी अहिले पनि त्यहि काममा लागेका छौं । तीनदेखि दिनदेखि अवरुद्ध बनेको सडक खुलाउन अहिले डोजर एक्साभेटर लैजादैछौं । आज चार वजेसम्म सडक सुचारु हुन्छ’ उनले भने ।

 

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट