काठमाडौं– आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।
काठमाडौंमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप