|file photo
काठमाडौं– बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औं बैठकले विपदबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेसँगै अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।
यसअघि भूकम्प प्रभावितले अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ पाउँदै आएका थिए । तर अब मनसुनजन्य तथा आगलागी पीडितलाई पनि समेटिएको छ ।
गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने, महामारी थप फैलन नदिनेलगायतका उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप