डेङ्गी सङ्क्रमणबाट एकजनाको मृत्यु

  • २०८१ श्रावण २२, मंगलबार (३ महिना अघि)
  • ८५ पटक पढिएको
डेङ्गी सङ्क्रमणबाट एकजनाको मृत्यु

काठमाडौं– डेङ्गी सङ्क्रमणबाट एक जना पुरुषको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको ज्यान गएको हो ।

Advertisement

मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाका कीटजन्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिए । नेपालमा ७७ जिल्लामध्ये अहिलेसम्म ७३ वटा जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी काठमाण्डौमा २ सय ८७ जना डेङ्गीका बिरामी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट