सेयर बजार १ सय ४५ अङ्कले घट्यो, २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार

  • २०८१ श्रावण २२, मंगलबार (३ महिना अघि)
  • ७९ पटक पढिएको
सेयर बजार १ सय ४५ अङ्कले घट्यो, २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार

काठमाडौं – सेयर बजार आज उच्च अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज एक सय ४५ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा बढेर दुई हजार आठ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा उच्च अङ्कले घटेको हो ।

Advertisement

आज सबै समूहको सेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज आठ वटा कम्पनीका सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै १२ वटा कम्पनीका सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन थ्री स्टार जलविद्युत् कम्पनीको सेयर १० प्रतिशत र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । आज तीन सय २२ वटा कम्पनीका पाँच करोड ३८ लाख कित्ता सेयर २३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट