काठमाडौं– रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका– ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।
गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप