नेप्से १०८ अङ्कले बढ्यो, झण्डै १८ अर्बको कारोबार

  • २०८१ श्रावण २३, बुधबार (३ महिना अघि)
  • ८९ पटक पढिएको
नेप्से १०८ अङ्कले बढ्यो, झण्डै १८ अर्बको कारोबार

काठमाडौं– सेयर बजार आज एक सय आठ अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३९ वटा कम्पनीको सेयर बढेकोमा तीन वटा कम्पनीका सेयर भने घटेको छ । आज १० वटा कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आठ वटा कम्पनीका सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर २०८३÷८४ को सेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता सेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट