काठमाडौं– कोशी र कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएका छन् । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।
कोशी प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा आज प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
यस्तै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप