आज दिउँसो मुसलधारे पानी पर्ने सम्भावना

  • २०८१ श्रावण २७, आईतबार (३ महिना अघि)
  • ११६ पटक पढिएको
आज दिउँसो मुसलधारे पानी पर्ने सम्भावना

काठमाडौं– आज दिउँसो मधेसबाहेक छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

मधेस प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमै रहे पनि भारतको उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा धेरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट